नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थप, निर्णयप्रति कांग्रेसका नेताहरुको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थप, निर्णयप्रति कांग्रेसका नेताहरुको असन्तुष्टि

nebisang

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले नेवि संघ कार्यसमितिको म्याद दुई महिना थपेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेवि संघको विधान संशोधन गरेको हो । विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था थियो ।

त्यसलाई संशोधन गरेर ५ महिना बनाइएको छ । अब नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ २ सम्म हुनेछ । तर, कार्यसमितिका अधिकांश नेताहरु यो दुई महिनामा अधिवेशन गर्न नसक्ने निष्कर्षमा छन् ।

दुई महिना म्याद थप्ने निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुनरसिंह केसी लगायतले विरोध गरेका छन् । वर्तमान कार्यसमितिले नै दुई महिनामा अधिवेशन गर्न नसक्ने बताइसकेकाले म्याद थप्नुको औचित्य नहुने उनीहरुले बताएका थिए । तर, बहुमतका आधारमा निर्णय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);