भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने काँग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने काँग्रेसको निर्णय

nepali congress

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको छ ।

यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन् र ६ महिनाभित्र अधिवेशन गरिसक्नु पर्नेछ । भ्रातृ संगठनहरुको मापदण्ड बनाउन एनपी साउदको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।

बैठकले प्रवास सम्पर्क समितिहरुको म्याद पनि ६ महिना नै थप गर्ने निर्णय गरेको छ । आज दिउसो ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);