ललिता निवासको जग्गा किनबेच गर्ने सबैमाथी छानबिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललिता निवासको जग्गा किनबेच गर्ने सबैमाथी छानबिन सुरु

akhtiyar durupayog

काठमाडौं, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिन गर्ने भएको छ । आयोगद्वारा ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ ।

५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ । बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन ।

कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);