सुरेश वाग्ले मेमोरियल क्यान्सर भवन निर्माणको म्याद थप गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुरेश वाग्ले मेमोरियल क्यान्सर भवन निर्माणको म्याद थप गर्न सिफारिस

sushil wagle cancer-swasthya samiti

काठमाडौं, १८ भदौ । संसदीय समिति अन्तरगतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको कार्य दलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेश गर्दै कार्य दलकी संयोजक अञ्जना बिशंखेले भेरिएशन स्विकृत भई थपिएको समय नौं महिना भित्र पनि सो केन्द्रको भवन निर्माण गरी हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौंता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस पनि गरिएको स्पष्ट पार्नु भयो ।

थपिएको समय भित्र सो भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे सो कम्पनीलाई कालो सूचिमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्य दलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ । २०६८ साल मंसीर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);