ठेकेदारको लुटतन्त्र, स्वास्थ्यकेन्द्र भवन निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरहा, २२ असोज । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको प्राथमिक स्वास्थ्य केन्द्र औरहीको भवन ६ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।

ठेकेदारको लापरबाहीका कारण प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण अलपत्र परेको हो । भवन अवाभमा भत्केको छाप्रोभित्रै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

भवनमा टाइल्स विछ्याउने, झ्याल ढोका लगाउने, विद्युत्को वायरिङ गर्ने र पेन्टिङ गर्ने काम नसक्दै ठेकेदारले घाटा लाग्यो भने छाडेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीले तीन करोड ४९ लाख ३५ हजारमा पीएस÷विशास एन्ड विराट जेभीलाई २०६८ साल असार २६ गते भवन निर्माणको ठेक्का दिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा औरही, प्रिपा प्रपी, तुलसीपुर, हरकट्टी, बरियारपट्टी, इटाटार लगायतका सातवटा गाउँका बिरामी उपचारका लागि जाने गरेका छन् । दुईजना मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा आमा सुरक्षा कार्यक्रम र बहिरंग सेवासँगै आकस्मिक सेवा सञ्चालन हुँदै आएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);