नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं, २२ असोज ।  कर्मचारी सेवा विनियमावली संशोधनको मस्यौदा खारेज गर्न माग गर्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीले आफुहरुको वृद्धि विकासमा असर पर्ने गरी एकलौटी र अपारदर्शी ढंगबाट कर्मचारी सेवा विनियावली संसोधनको मस्यौदा ल्याइएको भन्दै खारेजीको माग गरेको हो । कर्मचारीहरुले आईतबार देखि संसोधित कर्मचारी सेवा विनियावलीको विरोधमा बालुवाटारस्थित केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् । अन्य कामकारवाही प्रभावित नहुने गरी दैनिक एक घण्टा धर्नाको कार्यक्रम सार्वजनिक गरेका कर्मचारीले २०७२ साल मंसिर ६ गते नेपाल राष्ट्र बैंक कर्मचारी संघ र व्यवस्थापनबीच भएको सम्झौता अनुसार माग पुरा गर्नुपर्ने अडान लिएका छन् ।

 

कर्मचारीहरुले आफुहरुको वृद्धि विकासमा असर पुग्ने गरि व्यवस्थापनले एकलौटी ढंगमा ३० बर्षे सेवा अवधि हटाएको भन्दै विरोध गर्दै आएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);