झापामा डेंगु रोगीको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापा, २२ असोज । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फैलिएपछि झापाका विभिन्न अस्पतालमा डेंगु रोगीको संख्या बढेको छ ।

झापासहित भारतका विभिन्न अस्पतालमा डेंगु संक्रमित बिरामी उपचारका लागि भर्ना हुने क्रम बढेपछि झापामा डेंगुको त्राससमेत बढेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगीको संख्या बढेपछि सर्वसाधारणले जनस्वास्थ्य कार्यालय र नगरपालिकालाई लामखुट्टे नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका छन् ।

बिर्तामोडस्थित बिर्ता सिटी, मनमोहन, बी एन्ड सी, मेडिका लगायतका अस्पतालमा डेंगुका बिरामी बढेपछि बिर्तामोड नगरपालिकाले जनचेतनामूलक कार्यक्रम सुरु गरेको जनाएको छ ।

डेंगु नियन्त्रणका लागि सामाजिक संघ–संस्थाको सहयोगमा चेतनामूलक कार्यक्रम सुरु गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार झापामा ४० भन्दा बढी डेंगु रोगी भेटिएका छन् ।

झापाको बिर्तामोड नगरपालिकासहित अन्य गाउँपालिका र नगरपालिकामा एकै पटक डेंगु संक्रमित भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले समेत रोग नियन्त्रणका लागि चासो देखाएको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);