घरको पर्खाल भत्किएर अन्सारीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कलैया, २२ असोज । कलैयामा आफ्नै घरको पर्खाल भत्कदाँ च्यापिएर एकको मृत्यु भएको छ ।

आइतबार बिहान ७ः१० बजेतिर कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर बस्ने ६५ वर्षीय अहमद अन्सारीको पर्खालमा च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी आफ्नो पुरानो घरको छत भत्काउने क्रममा पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते बनेका अन्सारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);