आफन्तले जग्गा बेचेर खाइदिएपछि कुमाल दम्पतीको बिजोग | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आफन्तले जग्गा बेचेर खाइदिएपछि कुमाल दम्पतीको बिजोग

kumal dampati

खगेन्द्र घिमिरे
झपा, ३० जेठ
। आफन्तले जग्गा बेचेर खाइदिएपछि झापा शान्तिनगरका ७४ बर्षिय पदमबहादुर कुमाल दम्पती विगत ५ बर्षदेखि मेचीनगर टिमाई पुलमुनि बस्दै आएका छन् । जोखिम मोलेर पुलमुनी बस्दै आएको कुमाल दम्पतीले भोकै बस्ने गरेको गुनासो गरेका छन् ।

झापा शान्तिनगरका ७४ बर्षिय पदमबहादुर कुमाल दम्पती जोखिम मोलेर विगत पाँच बर्षदेखि मेचीनगर १० धुलावारी टिमाई पुलमुनी बस्दै आएका छन् । आफन्तले जग्गा बेचेर खाइदिएपछि पदमबहादुर दम्पतीको पुलमुनीको बास भएको हो । पुलमुनी बोराले छाप्रो बनाएर बसेका पदमबहादुरलाई बर्सेनी बाढीले सताउने गरेको छ । जब बर्षा सुरु हुन्छ तब कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पदमबहादुर दम्पतीलाई सताउने गरेको छ । उमेर हुँदा अरुको घरमा हलि बसेर काम गरेका पदमबहादुरको उमेर ढल्दै गएपछि समस्यामा परेका हुन् ।

पदमबहादुरकी श्रमती शन्तिले घाँस काट्ने र घरको फोहरमैला सफा गरिदिले काम गर्छिन तर काम गरेर दाल चामल तरकारी किन्न पनि नपुग्ने गरेको उनको गुनासो छ । पैसा हुँदा किनेर नत्र मागेर छाक टार्ने गरेका पदमबहादुर दम्पती कति रात भोकै बस्ने गरेका छन् ।

नागरिकता बनाउँदा उमेर कम राखेकाले वृद्ध भत्ता समेत पदमबहादुरले पाउन सकेका छैनन्। नागरिकता अनुसार ६४ बर्ष पुगेकाले उनले वृद्ध भत्ता नपाएका हुन् । जोखिम मोलेर पुलमुनी बसेका पदमबहादुर दम्पती राहत र उद्धारको प्रतिक्षामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);