पाल्पामा बुधबार बाघ जात्रा निकालियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाल्पामा बुधबार बाघ जात्रा निकालियो

सुमन गाहा,
पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा बुधबार बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बाघजात्रा निकालिएको हो ।

बाघ जात्राको दिन युवाहरु बाघ बनेर बाजा बजाएर नगर परिक्रमा गरेका थिए । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघ जात्रा मनाइने गरिन्छ ।

परापूर्वकालदेखि मनाइदै आइएको बाघजात्रा पछिल्ला वर्षहरुमा भने हराउँदै गएको छ । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कोरोना कहरका बिच जात्रालाई निरन्तरता दिइएको हो ।

काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने पाल्पामा जनैपूर्णिमाको दिन देखि लगातार ९ दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);