श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री विष्टको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री विष्टको सुझाव

काठमाडौं, २१ बैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योग व्यवसायीहरुलाई श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभएको छ ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले उत्पादन र उत्पादकत्व प्रत्यक्ष सम्बन्ध श्रमिकसंग गाँसिएकाले उनीहरुको सुरक्षा र खुसीलाई सदैव महत्वका साथ सम्बोधन गर्न सुझाव दिनुभएको हो । उत्पादन र उत्पादकत्व वृद्धिका लागि श्रमिक र व्यवसायीबीचको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै उहाँले सबै श्रमिकलाई सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उन्नत प्रविधिका साथ उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

महासंघका अध्यक्ष मोहन कटुवालले साना तथा मझौला, लघु उद्यमीलाई ठुला उद्योगलाई भन्न भिन्न व्यवहार गरि सामाजिक सुरक्षा ऐनको परिधिमा पस्न सक्ने वातावरण श्रृजना गर्न माग गर्नुभयो । उहाँले ग्रील तथा स्टील व्यवसायले अझै पनि व्यवसायीक पहिचान पाउन नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको नीतिमा रहेको प्राविधिक शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न पनि माग गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);