निगमले तिर्न सकेन किस्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

निगमले तिर्न सकेन किस्ता

nepal bayu sewa nigam

काठमाडौं, ११ असार । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।

निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ ।

पुसयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न नसकेको हो । निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ । अर्थ विभागका एक अधिकारीले भने, ‘अर्थ मन्त्रालयसँग २० अर्ब रुपैयाँ मागेका छौं । पहिलो चरणमा ५ अर्बमात्रै पायौं भने अहिलेलाई पुसयता तिर्न बाँकी किस्ताका लागि राहत होला ।’

यो दीर्घकालीन ऋण १५ वर्षभित्र चुक्ता गरिसक्ने सम्झौता निगमले गरेको छ । तर किस्ता बुझाउनै नसक्दा ब्याज ऋणमा पुँजीकृत हुँदै गएको छ । यसबाट निगमको आर्थिक अवस्था झन् नकारात्मक बन्दै गएको छ ।

चारवटा जेट विमानमध्ये निगमलाई दुइटा न्यारोबडी (सगरमाथा र लुम्बिनी) र एउटा वाइडबडी (अन्नपूर्ण) जहाजमा कर्मचारी सञ्चय कोषले २० अर्ब ८६ करोड ऋण लगानी गरेको छ भने अर्को एउटा वाइडबडी (नेपाली नाम मकालु) मा नागरिक लगानी कोषले १२ अर्ब ऋण उपलब्ध गराएको छ । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक अर्जुनकुमार गौतमका अनुसार निगमले यस संस्थालाई असार मसान्तसम्म १ अर्ब ९० करोड रुपैयाँ किस्ताबापत बुझाउन बाँकी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);