कोटेश्वरबाट बालुवाटार पुग्दा हराएको ‘निरीह’ नागरिकको फाईल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोटेश्वरबाट बालुवाटार पुग्दा हराएको ‘निरीह’ नागरिकको फाईल

काठमाडौं । “बिहानको समयले ११ बजाई सकेको थियो”। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै ब्यस्त देखिन्थे। उनको निवास कोटेश्वरमा उनलाई भेट्न निकैजना प्रतिक्षारत थिए। उनको प्रतिक्षा कक्षमा लामै लाइन थियो।

उनलाई भेट्ने कक्षमा छिर्ने वितिकै निकै सहानुभूतिको स्वरमा कार्यकतालाई हप्काउदै भने– “बिरामी मान्छेलाई किन यत्रो कुराएको” ? उनले वरिपरिका कार्यकर्ता संग प्रश्न राख्दै भने ल तपाईहरुले मलाई किन नभनेको , म उहाँलाई भेट्न आफै जान्थेँ, निष्ठावान वेदाग नेताका रुपमा चिनिएका व्यक्तित्व हुन्।

उनले त्यति भन्नु एउटा निरीह नागरिकका लागि सानो कुरा थिएन। ‘मैले शेरबहादुरलाई तपाईको बिषयमा कुरा गरीसकेको छु, तर तपाईको फाईल नै रहेनछ।’ उनले सहानुभूतिको स्वरमा भने । त्यसपछि ‘तपाईको फाइल छैन उनले भने। फाईल भएको जानकारी गराएपछि मोहन गौतमको हात लागोस भने। नेपालले आश्वस्त पार्दे भने– अब यति कामका लागि तपाई आईरहनु पर्देन।

सरकारमा सहभागि एक घटकको नेताले यो कुरा भनेछि विश्वसका अर्कोआधार खोज्न आवश्यक थिएन। ‘प्रधानमन्त्रीलाई भेट्न जाने बेलामा मलाई त्यो फाईल दिनु’।उनको कुरा सुनेपछि नेपाल साँच्चै दयावान नेता महसुस भयो।

तर लामो समय बिरामी परेर सरकारसंग थोरै भएपनि आर्थिक सहयोगको अपेक्षा गर्नु एउटा निरीह नागरिकका लागि स्वभाविक थियो । सत्ता गठबन्धनको एउटा घटकको मुख्य नेता, ब्यक्तिगत हिसाबमा समेत चिनजान भएकोले नेपाल प्रति भरोसा लाग्नु स्वभाविक थियो। लामो समय फाईल कार्यन्वयन होला भन्ने आसा रह्यो। तर फाईल दिएका माधव नेपालका सहयोगीहरु एक अर्कासंग भएको भन्दै हानाथाप गर्न लागे।

एक महिनाको विचमा बुझाएको फाईल कतै विचमा बिलाएको थियो। त्यसको कसले खोजी तलासी गर्ने र किन ? किनभने त्यो फाईला नेताहरुको थिएन। काठमाडौंमा तीन तला घर भएका रघु पन्तले बिरामीनै नभई नौं लाख चप्काई सकेका थिए। त्यो फाईला डा. बिजय पौडेल, वेदुराम भुसाल , वा जगन्नाथ खतिवडाको भए हराएकोमा ठुलै कोलाहाल मच्चिने थियो । तर त्यो एक निरीह नागरिकको थियो। मैदानमा पुगेर हराएको फुटबल जस्तो भयो ।

एकीकृत समाजवादीका नेताका रुपमा भन्दा पनि देशका मनकारी ब्यक्तित्वको हिसाबमा त्यो फाईल त्याहाँँ पुगेको थियो। तर माधव नेपालाई डुबाउने झुण्डहरुको हातमा परेको थियो। किन कि जगन्नाथ खतिवडा, वेदुराम भुसाल, बिजय पौडेलहरु कार्यकर्ताबाट नेता र नेताबाट समाजवादीमा गएपछि उनीहरु हाकिम बनेका थिए। किन कि तिनको सम्बन्ध , सम्पर्क र चाल चलनले यही बताई रहेको थियो। “मीन भवनको कार्यालयमा नेमप्लेट राखेर तीनले कमिसनका आधारमा फाईल चलाउन थालिसकेका थिए”, माधव नेपालाई घुमाउन थालिसकेका थिए।

माधव नेपाल कस्ता नेता हुन् संगत गर्दै गएपछि सबैले थाहा पाउने छन। किन कि कुहेको आलुको बोरामा उनी सद्धे आलु जस्ता देखिन्छन् । तर ओलीसंग रिस उठेका, स्थानीय निकायमा टिकट बेचेका र कुनै न कुनै राजनीतिक दाग भएकाहरु त्यो पार्टीमा रहेछन् । छानो सुनकै किन नहोस तलका ईटा मक्किएपछि त्यसले भुई टेक्ने नै छ।


बालकुमार नेपाल

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);