भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाईल नै नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाईल नै नष्ट

coroption

काठमाडौं, १५ असोज । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाईसेन्स वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् ।

फाईल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आईतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्यालयका प्रमुख उपसचिव विश्वराज नेपाल, शाखा अधिकृतहरु कमलराज गोतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्बा अबिन्दर दासविरुद्ध मुद्धा दायरा भएको हो ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);