सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगरसभा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगरसभा

सप्तरी। सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ। उनीहरूले आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन्।

तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन्। यहाँको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न  सकेको छैनन् । तयारी नपुगेकोले गाउँ तथा नगरसभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् । सरकारले १० असारभित्र गाउँ तथा नगरसभा सम्पन्न गरिसक्नु पर्ने सर्कुलर जारी गरे पनि यी स्थानीय तह असफल भएका छन्।

Leave a Reply

ताजा समाचार