नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैशाख ६ गतेकै निरन्तरताका रुपमा रहेको यो बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । ६ गतेको बैठकले खनाल–नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै नेपाल–खनाल पक्षले सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।

यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ । नेपाल–खनाल पक्षले यसअघिका एकलौटी निर्णय सच्याउनुपर्ने माघ अघि सार्दै आएको छ ।

बुधबार र बिहीबारको वान टू वान बैठकमा नेपालले पहिलेकै अवस्थामा फर्कन आग्रह गरेपछि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पछाडि फर्कन नसक्ने बताएपछि कुरा मिल्न नसकेको बताइदै आएकोले आजको बैठकमा पनि नेपाल पक्षका नेताहरुको सहभागिता नहुने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);