एमाले मिल्छ, दायाँ बायाँ हुँदैन : मुख्य सचेतक भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एमाले मिल्छ, दायाँ बायाँ हुँदैन : मुख्य सचेतक भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्राईले पार्टी भित्रको विवाद अब टुंगिने बताएका छन् ।

प्रतिनिधि सभामा एमाले संसदीय दलका मुख्य सचेतक समेत रहेका भट्टराईले पार्टी भित्रको समस्या समाधानको लागि नेताहरु एक मत भएको जानकारी दिए । ‘पार्टी मिलेर अघि बढ्छ, पार्टी मिल्छ, अब दायाँ बायाँ हुँदैन’, उनले भने ।

पार्टीको समस्या समाधानको लागि कार्यदल बन्ने र त्यसैले दिएको सुझावको आधारमा अघि बढिने भट्टराईले जानकारी दिए । ‘अब एउटा कार्यदल बन्छ, त्यो कार्यदलले देशभरिको संगठन कस्तो बनाउने, कुन चाहीँलाई सदर गर्ने भन्ने अध्ययन गरेर रिपोर्ट दिन्छ र छलफल पछि त्यसलाई अन्तिम रुप दिइन्छ’, भट्टराईले भने ।

कार्यदलको रिपोर्ट आएपछि एक पटक पुन : छलफल र बहसमा जाँदा विवाद जस्तो देखिए पनि छलफलबाटै समस्या समाधान हुने उनले प्रष्ट पारे । ‘कार्यदलको रिपोर्ट आएपछि एक पटक फेरि वहस हुन्छ, तर वहसबाटै सबै विषय टुंगिन्छ’, उनले भने ।

देशको राजनीति अब सामान्य ढंगले अघि बढ्ने भट्टराईको भनाइ छ । आज सरकार गठन भएर केही दिन पछि विश्वासको मत लिने काम हुने उनले बताए ।

त्यस पछि संसदको बजेट अधिवेशन आह्वान हुने उनले जानकारी दिए । कोभिडको कारण वर्षे अधिवेशन भने धेरै लामो चल्न सक्ने अवस्था नदेखिएको उनले बताए ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);