खसेको पहिरो पन्छाउने क्रममा मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

खसेको पहिरो पन्छाउने क्रममा मृत्यु 

dead

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

आज बिहान साढे २ बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा त्यसमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा राखिएको छ। पहिराेले लामिछानेको घरसमेत जोखिममा परेको बताइएको छ ।

Leave a Reply