सुनसरीको कोशी गाउँपालिकामा भारतीय जीप अनियन्त्रित भई दुर्घटना हुँदा छ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सुनसरीको कोशी गाउँपालिकामा भारतीय जीप अनियन्त्रित भई दुर्घटना हुँदा छ जनाको मृत्यु

accident

काठमाडौं, १९ असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लाका संजीव कुमार र गोनु कुमार रहेका छन् । मृतक चार जनाको भने नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);