बेन्जिमा युईएफए वर्ष खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बेन्जिमा युईएफए वर्ष खेलाडी

काठमाडौं । साबिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले शुक्रबार राति यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिनइटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले यूईएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।

यूईएफएले बिहिवार राति नै च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);