गुल्मी–२ मा मतगणनाको लागि बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

गुल्मी–२ मा मतगणनाको लागि बैठक बस्दै

बुटवल। गुल्मी क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी थालिएको छ। मतगणनाका लागि अहिले ११ बजे सर्वदलीय बैठक बोलाइएको छ। सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो। निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठकबसी मतगणना सुरु हुने बताएका छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।

Leave a Reply