युक्रेनका लाखौँ मानिसको जीवन थप कष्टकर हुने डब्लूएचओको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युक्रेनका लाखौँ मानिसको जीवन थप कष्टकर हुने डब्लूएचओको चेतावनी

किभ। युक्रेनमा यस वर्षको हिउँदमा लाखौ मानिसको जीवन कष्टकर हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। युक्रेनका १ करोड मानिस अहिले विद्युतविहीनको अवस्थामा रहेका र रुसी हमलामा युक्रेनका मुख्य पूर्वाधारमा ठूलो क्षति भएको युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी पी क्लुगले बताएका छन् । युक्रेनमा यो हिउँदमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झर्न सक्ने अनुमान गरिएको छ। रुसी हमलापछि युक्रेनका पूर्वाधारमा ७०३ वटा हमला भएका डब्लूएचओले जनाएको छ । गत वर्ष रुसले युक्रेनका महत्वपूर्ण पूर्वाधार र नागरिक भवनहरूमा क्षति पु¥याएको थियो ।

युद्ध मैदानमा असफलतापछि रुसी रणनीति परिवर्तन भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);