पुटिनले रुसी सेनाका आमालाई भेट्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुटिनले रुसी सेनाका आमालाई भेट्ने

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भीषण लडाइँबीच आगामी दिनमा सैनिकहरूका आमाहरूलाई भेट्ने भएका छन् ।  राष्ट्रपति प्रशासनका तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वेदोमोस्ती अखबारले जनाएअनुसार मातृ दिवसका अवसरमा राष्ट्रपति पुटिनले युक्रेनमा खटिएका सेनाका आमाहरूलाई भेट गर्ने भएका हुन् ।  रुसले नोभेम्बर २७ मा मातृ दिवस मनाउछ । पुटिनले सैनिकका आमासँग भेट गर्नेबारेमा क्रेमलिनले भने आधिकारिक रूपमा पुष्टि गरेको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसबारेमा थप विवण नदिएको सो अखबारले जनाएको छ । युक्रेन युद्ध नवौं महिनामा चलिरहँदा दुबै देशतर्फ ठूलो क्षति भएको छ । रुसले ठूलो संख्यामा सेना गुमाएको छ भने युक्रेनका पूर्वाधारमा अभूतपूर्व क्षति भएको छ । गत साता मात्र रुसी सेनाले युक्रेनका विद्युत पूर्वाधारमा हमला गर्दा लाखौँ युक्रेनी अन्धकारमा बस्न बाध्य भएका छन् ।

युक्रेनमा यस वर्षको हिउँदमा लाखौ मानिसको जीवन कष्टकर हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । युक्रेनमा यो हिउँदमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडसम्म झर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);