वीरगञ्ज महानगरपालिकामा सीसी क्यामराको निगरानीमा मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वीरगञ्ज महानगरपालिकामा सीसी क्यामराको निगरानीमा मतगणना सुरु

काठमाण्डौँ, ३ असोज । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मतगणना सुरु भएको छ ।

उच्च सुरक्षा सतर्कता अपनाउँदै सीसी क्यामेराको निगरानीमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस भित्र मतगणना सुरू गरिएको हो । अहिले वडा नम्बर १ र ३२ को मतगणना भईरहेको छ ।

सोमबार भएको मतदानको अहिले क्रमश मतपरिणाम सार्वजनिक हुँदैछ । यद्यपी अन्यको तुलनामा वीरगञ्ज महानगरपालिकामा ढिलो गरी मत गणना सुरु भएको हो ।

प्रदेश नम्बर २ मा एक महानगर, तीन उपमहानगरपालिका रहेका छन् । तीन उपमहानगरमध्ये जीतपुर सिमरा उपमहानगरपालिकामा मतगणना भईरहेको छ । जहाँ एमाले २७५, कांग्रेस २१६ र माओवादी केन्द्र १८६ मतका साथ अगाडि बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);