अर्धकट्टीसहित मतपत्र फेला परेपछि वीरगंज महानगरपालिकामा विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अर्धकट्टीसहित मतपत्र फेला परेपछि वीरगंज महानगरपालिकामा विवाद

वीरगंज, ४ असोज । अर्धकट्टीसहित मतपत्र फेला परेपछि वीरगंज महानगरपालिकामा विवाद उत्पन्न भएको छ । वडा नम्बर ३२ को मतगणना भइरहेको समयामा ७ वटा मतपत्र अर्धकट्टीसहित फेला परेका थिए ।

जसमा मतदान अधिकृतको हस्ताक्षर समेत छैन। माओवादी केन्द्रले ती मतपत्रलाई बदर गर्नुपर्ने माग राखेको छ भने अन्य दलले त्यसलाई सदर गर्नुपर्ने माग गरेका छन् ।

वीरगंज महानगरमामा अहिले वडा नम्‍बर १, २, ३, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अर्धकट्टीसहित मतपत्र फेला परेपछि माओवादी केन्द्रले मतगणना नै रोक्नुपर्ने माग गरिरहेको छ। मतगणना स्थल बाहिर माओवादीका कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);