बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

काठमाडौं। बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ। बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो। प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ।

अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ। उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ। यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।

Leave a Reply