राष्ट्रिय जनमोर्चा बाग्लुङमा अगाडि, प्युठानमा पछाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रिय जनमोर्चा बाग्लुङमा अगाडि, प्युठानमा पछाडि

कास्की। चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी बाग्लुङमा अग्रता कायम गरिरहँदा प्युठानमा भने पछाडि परेको छ । बाग्लुङ–१ मा ९३०२ मत गन्दा जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । दोस्रो स्थानमा रहेका एमालेका सूर्य पाठकले ३३४० हजार मतले पछ्याइरहेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार केसी एमालेका पाठकभन्दा मात्र नाै मतसहित अगाडि छन् ।

प्युठानमा भने एमालेका सूर्य थापाले राजमो अध्यक्ष दुर्गा पौडेललाई झिनो मतले पछि पारेका छन् । थापाले ८८२ मत ल्याउँदा पौडेलले ५६७
मत ल्याएकी छन् । दुर्गा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । जनमोर्चाले सत्तारुढ गठबन्धनको भागबन्डामा प्युठान र बाग्लुङ गरी दुई स्थान  प्राप्त गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);