दुधेखोलामा आएको बाढीले एक घर बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दुधेखोलामा आएको बाढीले एक घर बगायो

सन्दिप शर्मा,
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ ।

आइतबार राति आएको बाढीको कारण स्थानीय दिपा पुनको ब्लकले बनेको ५ कोठे एक तले घर पुर्ण रुपमा क्षेती भएको छ भने सोही स्थानका नारायण पुनले पाल्दै आएको एक भैंसीको समेत बाढीको कारण मृत्यु भएको छ ।

राति परेको पानीको कारण बेनी नगरपालिका ३ भकिम्लीको चिनाखेत, तोराखेर र लरेनिको सिमानामा पहिरो खसेर दुधेखोलामा बाढी आएको थियो ।

बाढीले सो क्षेत्रमा बसोबास गर्ने बाँकी २२ घर धुरी समेत जोखीममा परेका छन् । बाढी सहित आएको दुधेखोलाले बस्ती तर्फ कटान सुरु गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);