तराईका केही जिल्लामा आज ‘चैती छठ’ मनाइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

तराईका केही जिल्लामा आज ‘चैती छठ’ मनाइयो

काठमाडौं, ९ चैत । तराईका केही जिल्लामा आज ‘चैती छठ’ मनाईंएको छ । छठको पहिलो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिईएर ‘चैती छठ’ मनाईएको हो । भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठको समापन हुनेछ ।

चार दिवसीय छठ पर्वमा पहिलो दिन वर्तालुहरुले नुहाएर खाने, दोस्रो दिन खरना अर्थात दिनभर उपवास गरेर साँझ खीर तथा फलफूल खाने, तेस्रो दिन उपवास सँगै साँझको अघ्र्य र चौथो दिन विहान सूर्यलाई अघर्य दिने गर्छन् ।

हिन्दुधर्ममा छठलाई कठोर पर्वको रुपमा लिईएको छ । चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन शुरु हुने चैती छठमा पनि कार्तिकको छठ जस्तै पूजाअर्चना हुने गर्दछ भने सूर्यलाई पूजा गरिने छठ पर्व जलाशयमा मात्र हुन्छ ।

आज चैती छठको अवसरमा तराईका विभिन्न पोखरीहरुलाई सिंगारिएको छ । खासगरी जनकपुरको ऐतिहासिक गंगासागरमा छठको रौनक देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);