मिथिलाञ्चलमा चैती छठ पर्व शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

मिथिलाञ्चलमा चैती छठ पर्व शुरू

२०८१,१२,१९

– मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा चैती छठ पर्व शुरू भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व हिजोदेखि तराईको महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धार्मिक विधिपूर्वक शुरू भएको हो । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अरु शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धुमधामका साथ मनाइने गरिन्छ ।

पर्वको पहिलो दिन व्रतालुहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् शरीर चोख्याउने काम गर्छन् । दोस्रो दिन आज खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्ने र राति अरवा अरबाईन ९बिनानुन हालेको० खानेकुरा खाने चलन छ ।

षष्ठीका दिन पर्सि साँझ गहुँ र चामल ओखल, जातो वा ढिँकीमा कुटान पिसान गरी त्यसको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सबै सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्छन् ।

षष्ठीका दिन व्रतालुहरूले सन्ध्याकालीन अर्ध्य ९अर्घ० का लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्ने चलन छ । भोलिपल्ट शुक्रवार एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्ध्य ९अर्घ० दिई चैती छठ पर्व सम्पन्न गरिन्छ ।

Leave a Reply