आज विश्व क्षयरोग दिवस, नेपालमा २८ हजार क्षयरोगी उपचारबाट बन्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आज विश्व क्षयरोग दिवस, नेपालमा २८ हजार क्षयरोगी उपचारबाट बन्चित

tuberculosis day

काठमाडौं, १० चैत । आज २१ औं विश्व क्षयरोग दिवस । सरकारले सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने प्रतिबद्धता जनाएपनि २८ हजार क्षयरोगी अझैपनि उपचारबाट वाहिर रहेका छन् ।

नेपालमा क्षयरोगका ६० हजार विरामी रहेको र ती मध्ये ३२ हजार मात्र उपचारको दायरामा आएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । सबै विरामी उपचारको दायरामा नआउँदा क्षयरोग निवारणको प्रतिबद्धता कार्यान्वयन नहुने देखिएको छ । बर्षेनि ४५ हजार विरामी थपिने गरेको र सबै विरामीले उपचार गराउने नगरेकाले क्षयरोग निवारणको प्रतिबद्धता कार्यान्वयन नहुने देखिएको हो ।

सरकारले देशभर करिब ५ हजार स्वास्थ्य संस्थामा क्षयरोगको उपचारको व्यवस्था गरेपनि तथा क्षयरोगीलाई निःशुल्क औषधि दिईंदै आएपनि क्षयरोगका कारण बर्षेनि ६ हजार जनाको मृत्यु हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);