नेपालमा कोरोना भन्दा क्षयरोग बाट मृत्यु बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालमा कोरोना भन्दा क्षयरोग बाट मृत्यु बढी

बागलुङ, १० फागुन । नेपालमा बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण भन्दा पनि क्षयरोग (टिभी ) रोगका कारण मृत्यु हुर्ने बिरामीको संख्या तुलनात्मक रूपमा बढी रहेको पाईएको छ ।

कोरोनाका कारण १ वर्षको दौरानमा २ हजारको मृत्युु भएको खबर आईरहेका बेला क्षयरोगकै कारण यस वर्ष मात्र ५ हजार बढीको मृत्यु भएको बताईएको छ । डब्लुएचओको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक वर्ष ४४ हजार मानिसमा क्षयरोग देखापर्ने गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डाक्टर रामबहादुर केसीका अनुसार नेपालमा प्रत्येक दिन करिब १ सय २० क्षयरोगका नयाँ बिरामीको पहिचान हुने र करिव २० देखी २५ रोगीको मृत्यु हुने गरेको छ ।नेपालमा सन् २००६ बाट क्षयरोग रोक्न प्रभावकारी कदम चालिएको थियो ।

सन् २०२५ बाट क्षयरोगको अन्त्य गर्ने अभियान् अन्तर्गत सन् २०१५ देखि २०२५ सम्म क्षयरोगको नयाँ रोगी ९० प्रतिशतले घटाउने लक्ष्य राष्ट्रिय क्षयरोग केन्द्रले राखेको छ । क्षयरोग हुन नदिन र भए कसरी यस बाट मुक्त हुने भन्ने विषयमा सरकारले जतीनै कदम चालेपनि प्रभावकारी बन्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);