क्षयरोगका बिरामीको संख्या पत्ता लगाउन बारामा सर्भे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

क्षयरोगका बिरामीको संख्या पत्ता लगाउन बारामा सर्भे

श्याम गुप्ता

बारा, ५ फागुन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्षेनी ४ हजारको हाराहारीमा क्षयरोगका बिरामी थपिने गरेका छन् । क्षयरोग निवारण गर्न सरकारले बिरामीको संख्या पत्ता लगाउन जिल्ला जिल्लामा सर्भे गरिरहेको छ । जसअन्तर्गत बारामा २ वटा बर्गमा विभाजन गरेर सर्भे गरिने भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले विगत ७ वर्षदेखि नेपालमा क्षयरोगको सर्भे गर्ने अभियान चलाएको थियो । अभियान सुरु भएको ७ बर्षपछि बारामा ढिलाई गरि सर्भे हुन लागेको हो । देशभर ९९ वटा क्लसटरमा ५७ हजार ६ सय १० जनामा सर्भे गरिने भएपनि बारामा १ हजार २ सय जनामा सर्भे गरिने छ ।

बारामा ७० प्रतिशत क्षयरोगका बिरामी पत्ता लागिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको दाबी छ । क्षयरोगका बिरामीले अन्तिम समयसम्म औषधी सेवन नगर्ने गरेको पाईएको छ ।

क्षयरोगको लक्षण देखा परेपनि बिरामी स्वास्थ केन्द्रमा पुग्ने गरेका छैनन् । जनचेतनाको अभावले बिरामीले रोग लुकाउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रति वर्ष ४ हजार क्षयरोगको विरामी बढ्ने गरेका छन् । क्षयरोग निवारणका लागि गाउँगाउँमा जनचेतानाका साथै बिरामीले रोग नलुकाइ नियमित औषधी सेवन गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);