बारामा हात्तीपाइले विरुद्धको औषधी खुवाईने | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

बारामा हात्तीपाइले विरुद्धको औषधी खुवाईने

hatttipaile bara

बारा, २३ माघ । हात्तीपाइलेको अत्याधिक जोखिम रहेका देशका १३ जिल्लामा यही माघ २५ मा औषधी खुवाउने कार्यक्रम रहेको छ । त्यसै अनुसार प्रदेश २ मा पनि हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउन थालिएको छ ।

प्रदेश २ को बारामा पनि हात्तीपाइले विरुद्धको औषधी खुवाउन लागिएको हो । जिल्लाको कुल जनसंख्याको २ प्रतिशत मानिसमा हात्तीपाइले रोगको संक्रमण रहेको छ । प्रदेश नंं.२ को बारामा हात्तीपाइले रोगिको संख्या धेरै रहेकोले तेश्रोपटक हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउन थालिएको हो ।

जिल्लास्तरीय, पालिका तथा वडास्तरीय गोष्ठीको आयोजना गरि कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ । बाराका १६ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछन् । अभियानमा ६ सय बढी स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । अभियानमा ८ लाख ५५ हजार ८सय २२ जनालाई औषधी खुवाईने छ । तर दुईवर्ष मुनिका बालबालिका,सिकिस्त बिरामी , गर्भवती महिला र छारे रोगीहरुले औषधीको उपभोग गर्न नहुने चिकित्सकहरुको सुझाव छ ।

त्यसैगरि क्यान्सर , मुटु , मृगौला , कलेजो , फोक्सोका दीर्घ रोगीहरुले औषधी उपभोग गर्न हुदैन । यस्तै ज्वरो आएको २४ घण्टा भित्रका विरामीले समेत औषधी सेवन गर्न नहुने स्वास्थ्य अधिकारीहरुले बताएका छन्

बारामा २०७२ मा जिल्लामा संक्रमण परिक्षण गर्दा बारामा मात्रै एक हजार दुई सय ४३ जनामा संक्रमण भेटिएको थियो । चिकित्सकहरुले हात्तिपाईलेको औधषी सेवनपछि शरिरमा समान्य असर देखिनु सकारात्मक भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);