बाजुरामा भाईरल ज्वरोका कारण दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

बाजुरामा भाईरल ज्वरोका कारण दुई जनाको मृत्यु

woman dead

बाजुरा, २२ माघ ।  बाजुराको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ ।

ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया मिमा कडारा र ७० वर्षिया दलबहादुर रावल रहेका छन् । ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाउँभरी नै अहिले भाईरल ज्वरोको संक्रमण बढेपछि भाईरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन भईसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । गाउँका स्थानीयहरुलाई अहिले भाईरल ज्वरोले सताएको छ । जसका कारण स्थानीयहरुको स्वास्थ्य चेकजाँच र औसधोपचार गर्नका लागि घण्टौ लामो दुरी पैदल यात्रा गरेर प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ ।

भाइरल ज्वरोका कारण स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटाको पुरै गाउँ प्रभावित बनेको छ । गाउँमा अत्याधिक चिसो बढेका कारण स्थानीयहरुमा रुघाखोकी ज्वरो, टाउको दुख्ने लगायतका समस्या उत्पन्न हुन सक्ने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।