बाकुमा प्रधानमन्त्री ओलीको सम्बोधन : असंलग्न अभियान प्रभावकारी हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाकुमा प्रधानमन्त्री ओलीको सम्बोधन : असंलग्न अभियान प्रभावकारी हुन सकेन

pm oli address nam summit

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान प्रभावकारी हुन नसकेको बताउनु भएको छ । अजरबैजानको बाकुमा असंलग्न अभियान नामका राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक तीन वर्षमा नेताहरु भेला भएर नयाँ कार्यदिशा परिभाषित गर्ने गरेको भएपनि घोषणापत्रमा कार्यान्वयन गर्ने प्रणाली विकास नभएको बताउनु भएको हो ।

विश्वव्यापी असमानता सदाका लागि अन्त्य गर्न असंलग्न अभियानलाई प्रभावकारी, एकताबद्ध बनाएर शसक्त ढंगले अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओली आन्दोलनको एकतालाई प्रभाव पार्नेगरी विभाजन र विरोध बाहिर नआओस् भनी सद्भाव, समझदारी तथा सहयोग विकासमा जोड दिनुभयो ।

असंलग्न आन्दोलनलाई साझेदारीपूर्ण समृद्धि प्राप्त गर्न र विकासको चुनौती समाधान गर्न सबै विकासशील मुलुकले सामूहिक सबलता विकास गर्न सक्ने बनाउनु पर्ने उल्लेख गर्नु भयो । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);