कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने उपप्रधानमन्त्री निधिको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने उपप्रधानमन्त्री निधिको भनाइ

पुष्कर भट्ट, ११२ चैत्र ,कञ्चनपुर ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुर घटनामा भारतले माफि माग्नुपर्ने बताउनुभएको छ । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलको गोली लागि मृत्यु भएका

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने उपप्रधानमन्त्री निधिको भनाइ

पुष्कर भट्ट, ११२ चैत्र ,कञ्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुर घटनामा भारतले माफि माग्नुपर्ने बताउनुभएको छ । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलको गोली लागि मृत्यु भएका शहीद गोविन्द गौतमका परिवारलाई राहत उपलब्ध गराएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उपप्रधानमन्त्री निधिले गौतमको घरमा पुगी परिवारलाई राहात स्वरुप पूर्व घोषित १० लाख रुपौयाँ हस्तान्तरण गर्नुभयो ।

 

राहत हस्तान्तरण पछि घटनास्थल पुग्नुभएका निधिले घटनामा भारतीय पक्ष दोषी रहेको भन्दै माफी माग्नुपर्ने बताउनुभयो । उहाँले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मी गौतमलाई सरकारी जागीर दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही घटनामा गम्भीर घाइते भइ धनगढीमा उपचार गराइरहेका टिकाराम चापागाईंलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);