कर्मचारीको अभावमा प्रदेश सभाको मिति तय हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्मचारीको अभावमा प्रदेश सभाको मिति तय हुन सकेन

सुर्खेत, १२ माघ । ६ नम्बर प्रदेश प्रमुखको कार्यालयले कर्मचारीको अभावमा प्रदेश सभाको मिति तय हुन नसकेको स्पष्ट पारेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसद सचिवालयका कर्मचारी व्यवस्थापन नभएका कारण प्रदेश सभाको मिति तय हुन नसकेको बताए ।

शुक्रबार सुर्खेतस्थित आफनै कार्यालयमा उनले संचारकर्मीहरुसँग कुरा गर्दै प्रदेश सभाको बैठक संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरुलाई तत्काल कार्यालय आईपुग्न आफूले ताकेता गरिरहेको बताए ।

प्रदेश प्रमुख खनालले माघ २१ गते प्रदेशसभा बैठक बोलाउने तयारी भएपनि सूचना टाँस गर्ने कर्मचारी समेत नभएका कारण समस्या हुन गएको उनले स्पष्ट पारे ।

सपथ लिएको २० दिन भित्र प्रदेश सभाको पहिलो बैठक बोलाई सक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार पहिलो बैठक जिल्ला समन्वय समितिको हलमा गर्नेगरी तयारी भईरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संसद सचिवालयले प्रदेश नम्बर ६ को सचिवालयका लागि अर्थ समितिका सचिव कृष्ण खड्काको नेतृत्वमा ४ जना कर्मचारी खटाइसकेको छ । उनीहरुले प्रदेश प्रमुखको कार्यालयका कर्मचारीसँग सहकार्य गरेर प्रदेश सभा संचालनका लागि आवश्यक सम्पूर्ण विधि र प्रक्रिया तय पर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);