काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षको सम्मेलन चैत्रमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षको सम्मेलन चैत्रमा हुँदै

काठमाडौं, १२ माघ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ७ र ८ गते नुवाकोटको विदुरमा हुने भएको छ ।

नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । समितिका अध्यक्ष गोविन्द पुडासैनीले काँग्रेसलाई नवजीवन प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षहरुले गिरीजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागीएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);