अग्ला जुत्ताचप्पलले स्वास्थ्यमा पार्ने असर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अग्ला जुत्ताचप्पलले स्वास्थ्यमा पार्ने असर

hil

काठमाडौं, ८ बैशाख । तपाईलाई अग्ला कुर्कुच्चा (हिल) भएका जुत्ताचप्पल मन पर्छ ? पाटी तथा समारोहमा अग्ला जुत्ताचप्पलविना आपूूmलाई कमजोर या अपूर्ण भएको अनुभूति गर्नुभएको छ ? यस्तो बानी परेको छ भने आजैबाट यस्तो सोच हटाउनुहोस्।

धेरैजसो महिला अग्लो हिल भएका जुत्ताचप्पल प्रयोग गर्छन्। यसले झट्ट तपाईलाई अग्लो र स्मार्ट देखाए पनि यस्ता जुत्ताचप्पलले स्वास्थ्यमा पार्ने असर धेरै छ। अध्ययनकर्ताले यस्ता जुत्ताचप्पलले महिला स्वास्थ्यमा साधारणदेखि गम्भीर असर पारेको पत्ता लगाएका छन्। जुन यस प्रकारका छन्:

१. ढाडको पछिल्लो भाग दुख्ने समस्या

– अग्लो हिल भएका जुत्ताचप्पल महिलाका लागि फेसनको रूपमा प्रयोग हँुदै आएका छन्। यसले सुन्दर र अग्लो देखाउँछ तर तपाईको खुट्टालाई पूर्ण सहयोग गर्दैन। यसको अर्थ हो, खुट्टाले असन्तुलित रूपमा शरीरको तौल धानिरहेको हुन्छ। असन्तुलनले मेरुदण्डमा असन्तुलन अर्थात् असामान्य भई कुनै पछिल्लो भाग दुख्ने गर्छ।

२. पिँडुलाको मासु दुख्ने समस्या
हिल जुत्ताचप्पलको प्रयोगले पिँडुलाको मासु दुख्ने गर्छ। अग्लो हिलले थप खुट्टाका नसा फुलाउँछ। यी नसा फुल्ने मात्र नभई भित्री रूपमा धेरै नै कमजोर हुन्छन् र दुख्न थाल्छन्।

३. खुट्टाको दुखाइ

– जुत्ताचप्पलको हिलको टुप्पोमा निश्चित आकार र डिजाइन दुवै फेसनदार मात्र हुन्छन्। लामो समयपछि यो असजिलो हुन्छ र यसको प्रयोगले तपाई पैतालाको दुखाइबाट पीडित बन्नुहुन्छ। यस्तो जुत्ताचप्पलको प्रयोगले पैताला, बुढीऔंला, अघिल्लो भागमा पर्ने चापले गहिरो दुखाइ बढ्छ।

४. खुट्टा मर्किने डर

– अग्ला हिलयुक्त जुत्ताचप्पल लगाएर खाल्डा–खुल्डी परेको सडक, गिट्टी भएका कच्ची सडकमा हिँडेमा खुट्टा चिप्लिएर कुुर्कुच्चा भाँचिन सक्छ। घुँडा र गोलीगाँठोमा चोट लाग्न सक्छ।
यस्ता जुत्ता प्रयोग गर्नुपरेमा केवल विशेष कार्यक्रममा थोरै समयका लागि मात्र उपर्युक्त हुन्छ।

५. मेरुदण्डको हड्डी टुक्रिन सक्छ

– धेरै फेसनदारहरू चुच्चो परेका तिखो सिसाजस्ता हिलको प्रयोग गर्छन्। तर अग्ला हिलले कम्मरको तल्लो भागको चाहिनेभन्दा बढी प्रयोग हुन्छ र मेरुदण्डको हड्डीमा असर पर्ने र भाँचिने पनि उत्तिकै सम्भावना हुन्छ। यथार्थमा अग्लो हिल सिधै कम्मरको तल्लो भागमा समानुपातिक डिग्रीमा रहेको हुन्छ। कम्मरको तल्लो भाग या  ढाड दुख्नुको मुख्य कारण अग्लो हिलको प्रयोग पनि हो।

६. रक्तनलीमा चाप पर्छ

 – अग्ला जुत्ताचप्पलको प्रयोगले खुट्टामा चाप पर्छ। खुट्टामा पर्ने चापले रगतका नसामा पनि चाप परेको हुन्छ। यो चापको परिणाम ती नसा फुट्न सक्छन्।

७. खुट्टाहरू बांगिन्छन्
– अग्ला हिलको सबैभन्दा बढी प्रभाव क्षेत्र भनेको पैताला हो। अग्लो हिलको अप्राकृतिक स्थितिले पिँडुलाका रगतका नसामा चाप पर्छ। यसको परिणाम खुट्टा बांगिन्छन्। यस्तो अवस्थालाई घन अर्थात् ह्यामर जस्ता खुट्टा पनि भनिन्छ।

८. लिगामेन्ट कमजोर हुन्छन्

– अग्ला हिलले तपाईको खुट्टाको लिगामेन्टलाई कमजोर बनाउँछ। तपाई फेसनदार खुट्टालाई हटाएर आफ्नो खुट्टालाई चोटपटक लाग्नबाट बचाउन सक्नुहुन्छ।

९. घुँडा दुख्ने समस्या

 – अग्लो, भद्दा र घुमाउरो खुट्टा भएकाले हिल लगाएमा घुँडामा बढी दबाब पर्छ। यद्यपि यो पनि हड्डी खिइनुको कारणमा  पर्छ।

१०. खुट्टाको पन्जामा संकुचन
भद्दा हिलको प्रयोगले अर्को असर भनेको खुट्टाको पञ्जामा स्थायी रूपमै संकुचन हुन्छ।

अग्लो हिलले तपाईको स्वास्थ्यमा धेरै किसिमका असर पार्छ। अब हिलको प्रयोगले स्वास्थ्यमा पार्ने असरबारे सुत्नुअघि दुई पटक सोच्नुहोस्। यदि हिल जुत्ताचप्पलको प्रयोगले यीमध्ये कुनै न कुनै असर परिसकेको छ भने आजैबाट छोड्नुहोस् र थप असरबाट बच्नुहोस्। यो समाचार नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);