डा. केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक पनि आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डा. केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक पनि आन्दोलित

sudurpaschim doctor andolit

धनगढी, १८ माघ । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रबार सुदूरपश्चिम प्रदेशका डाक्टरहरु पनि आन्दोलनमा उत्रेका छन् । सुदूरपश्चिमका अस्पतालहरुमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरी सम्पुर्ण चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।

डाक्टर केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार अस्पतालको सेवा बन्द गर्ने घोषणा गर्नु परेको नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रमोद जोशीले बताए ।

चिकित्सकहरु आन्दोलनमा भएपनि सुदूरपश्चिम प्रदेशको सेती अञ्चल अस्पतालले भने आकस्मिक सेवाग्राहीलाई उपचार दिईरहेको छ । बिरामीलाई मर्का नपरोस भनेर चिकित्सकहरुले अस्पताल बाहिरै टेवल बेञ्च राखेर उपचार सेवा दिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);