देशभरका बहिरंग सेवा दिनभर बन्द हुँदा विरामी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

देशभरका बहिरंग सेवा दिनभर बन्द हुँदा विरामी मर्कामा

२७ साउन, काठमाडौं । १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डाक्टर गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै आज दिनभर देशभरका सरकारी अस्पतालमा  बहिरंग सेवा बन्द भए । चिकित्सकहरु आन्दोलनमा उत्रिएर बहिरंग सेवा बन्द गरेसँगै विरामीहरु मारमा परेका छन्।

 

चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतका माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिन सरकारी चिकित्सक सङ्घले आज आकस्मिक बाहेकका सबै बहिरंग सेवा बन्द गरेको हो ।

 

यसैगरी चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाजकल्याण समितिबाट शुक्रबार पारित भएको छ । बिहीबार जबर्जस्ती पारित गर्न खोज्दा विवादित भएपछि शुक्रबार सो विधेयक संशोधनसहित पारित भएको हो । डा.गोविन्द केसीले अघि सार्नुभएका माग सम्बोधन गर्ने गरी केदारभक्त माथेमा आयोगको मर्म थप गर्दै विधेयक पारित गरिएको हो ।

 

ताजा समाचार