कृषि विकास मन्त्रालय खारेज गर्न सांसद हृदयश त्रिपाठीकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषि विकास मन्त्रालय खारेज गर्न सांसद हृदयश त्रिपाठीकाे माग

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यक्ता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझाम बाहेक अरु केही पनि काम नगरेको उनको आरोप छ ।

कृषि मन्त्रालय सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैंयाँ कर्मचारीहरुको तामझाममा खर्च गर्ने भएकाले खारेज गर्नुपर्ने माग गरे ।

सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारी नै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत सचेत गराउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);