मास्टर सेफ सन्तोषले मे ३ देखि अस्ट्रेलियाको सिड्नीमा नेपाली फुड प्रमोशन गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मास्टर सेफ सन्तोषले मे ३ देखि अस्ट्रेलियाको सिड्नीमा नेपाली फुड प्रमोशन गर्ने

काठमाडौं । आगामी मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेष्टुरेण्टमा नेपाली फुड प्रमोशन कार्यक्रम हुने भएको छ ।

नेपालको फुड प्रवद्र्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमि मैतीदेवीको संयोजकत्वमा फुड प्रमोशन कार्यक्रम हुने भएको हो । नेपाली फुडलाई विश्वभ प्रचारप्रसार गर्दै आउनुभएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्टे«लियनहरुलाई नेपाली खानाको स्वाद र परिकारहरु पस्किने कार्यक्रम रहेको छ ।

नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । फुड प्रमोशन कार्यक्रम टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २ सय अस्टे«लियन डलर तोकिएको छ । सेफ साहले नेपाली फुडको प्रवद्र्धनको लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताउनु भयो ।

उहाँले नेपाली फुडले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाल्ी खानाको स्वाद विदेशी चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्टे«लियामा नेपाली खानाहरुको प्रवद्र्धन गर्न लागेको बताउनु भयो ।

कार्यक्रममार्फत नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);