इन्टरनेटमार्फत कोदो–फापर परिकारको प्रचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इन्टरनेटमार्फत कोदो–फापर परिकारको प्रचार

kodo fapar

काठमाडौं,२० माघ । गाउँघरमा कुअन्न भनी हेपिएका खाद्यान्नबाट बनाइएका परिकारलाई इन्टरनेटको माध्यमबाट विश्वभर प्रचार गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल हान र सेफ एसोसिएसन आफ नेपालको पहलमा यस्ता खाद्यान्नबाट बनेका परिकारलाई विश्वभर प्रचार गरिने भएको हो । मकै, कोदो, फापरबाट बन्ने परिकारका साथै विभिन्न नेपाली खानेकुरालाई इन्टरनेटका माध्यमबाट प्रचार गर्नुका साथै तिनका रेसिपीलाई समेत विश्वव्यापी बनाउन लागिएको छ।

नेपाली खानालाई विश्वस्तरमा प्रचार गराउने अभियानका लागि नै शुक्रबार पाटनमा ‘एक्सपेरियन्स नेपाल’ नामक कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा नेपाली सेफहरूले नेपालका मुख्य खाद्य बालीबाट विकास गरेका २० थरी खानाका परिकारकोे प्रदर्शन समेत गरिएको थियो।मकै, कोदो, फापरबाट बन्ने परिकारका साथै विभिन्न नेपाली खानेकुरालाई इन्टरनेटका माध्यमबाट प्रचार गर्नुका साथै तिनका रेसिपीलाई समेत विश्वव्यापी बनाउन लागिएको छ ।

प्रदर्शित खानाको भिडियो रेकर्डिङ, फोटो सेसन तथा रेसिपीको जानकारी संकलन गरेर इन्टरनेटमार्फत विश्वभर पु¥याइने खाना विकास गर्ने सेफ श्रीराम अधिकारीले बताए । यसैगरी रेसिपीको पुस्तक समेत तयार पार्न लागिएको उनले बताए । यसले विश्वभर नै खाना बनाउन सजिलो पार्नुका साथै धेरैलाई नेपाली खानाको जानकारी दिनेछ । कार्यक्रममा मकै, कोदो, फापर र चामलको पिठोबाट बनेका रोटी, विभिन्न खाले अचार, मासुको सेकुवा, आलुका खानेकुरा र डेजर्ट प्रदर्शन गरिएको थियो।

अन्तराष्ट्रिय रूपमा नेपाली रेस्टुरेन्टको संख्या र नेपाली खानाको माग बढाउन कार्यक्रम गरिएको आयोजकको दाबी छ । गाउँघर र करेसा बारीमा उत्पादित खाद्यान्नलाई नेपाली परिकारको रूपमा विश्व सामु चिनाउने प्रयास गरिएको पर्यटन तथा होटल व्यवसायी कर्ण शाक्यले बताए।‘नेपालका ८४ व्यञ्जनमध्ये २० व्यञ्जनलाई विश्व सामु चिनाउन चहान्छौँ’ उनले भने । संसारभरका खानेकुरा विश्वव्यापी भइरहेका बेला नेपाली खानाको परिचय भने खासै हुन नसकेकाले त्यसलाई बढावा दिनुपर्ने उनले बताए ।

हानकी प्रमुख कार्यकारी अधिकृत नन्दिनी थापाका अनुसार रेसिपी पुस्तक र भिडियोले संसारभरका मानिसलाई नेपाली खाना बनाउन सजिलो हुनेछ । ‘विश्वमा नेपालको परिचय दिने प्राकृतिक सम्पदा त छदैँ छन्, त्यसमा खानालाई पनि नेपालको पहिचानको रूपमा चिनाउन चाहान्छौं उनले भनिन्।कार्यक्रममा नेपाली खानाका शाकाहारी, मांसाहारी र भेगन प्रकारहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा छनोट भएका खानाका २० प्रकारलाई अन्तराष्ट्रिय मापदण्डका लागि राष्ट्रिय खाद्य प्रयोगशालामा पठाइएको छ।आजको नागरिक दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);