काठमाडौंको नागार्जुन नगरपालिका १ रानीवनमा ५ वटा भवन २०७२ सालमा निमार्ण गरिए | (भिडियो रिपोर्टसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौंको नागार्जुन नगरपालिका १ रानीवनमा ५ वटा भवन २०७२ सालमा निमार्ण गरिए || (भिडियो रिपोर्टसहित)

सन्दीप शर्मा, माउण्टेन टेलिभिजन । तात्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको योजनाअनुरुप काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीका लागि काठमाडौंको नागार्जुन नगरपालिका १ रानीवनमा ५ वटा भवन २०७२ सालमा निमार्ण गरिए । उनीहरुका लागि बनाइएको भवनमा अहिलेसम्म सुकुम्बासीलाई स्थानान्तरण गरिएको छैन । बरु ती भवनहरुमा अहिले मानवसेवा आश्रम, वडा कार्यालय र अस्थायी प्रहरी बिट लगाएतका सरकारी कर्यालयहरु सञ्चालन भैरहेका छन् ।

बाबुराम भट्टराई प्रधानमन्त्रीहुँदा सहरी विकास मन्त्रालयले आवासविहीनको व्यवस्थापनका लागि भन्दै काठमाडौंको नागार्जुन नगरपालिक–१ रानीबनमा ५ वटा भवन निमार्ण गर्ने योजना अगाडि बढ्यो । २०६९ सालमा प्रत्येक भवनमा ४० परिवार अट्न सक्नेगरी ५ तले ५ वटा भवनको निमार्ण अगाडि बढाईयो र २०७२ सालमा निमार्ण सम्पन्न भयो । यी भवनमा ७ बर्ष वित्दा पनि कुनै सुकुम्बासी परिवार राखिएको छैन । बरु हाल यहाँ मानवसेवा आश्रम, नगरपालिकाको वडा कार्यालय, अस्थायी प्रहरी बिट र शहरी स्वाथ्य केन्द्र राखिएको छ।

त्यसैगरी खाली रहेको एउटा भवनमा महिला बालवालिका तथा ज्येष्ठनागरिक मन्त्रालयले समस्यामा परेका महिलालाई राख्ने तयारी गरेको छ। सुकुम्बासीका नाममा बनाइएका भवनहरु फरक प्रयोजनमा उपयोग भइरहेको छ। जे कामका लागि भवन निमार्ण गरिएको हो त्यही प्रयोजनमा सरकारले उपयोग गर्नु सक्नुपथ्र्याे । भवन बनेदेखि हालसम्मका कुनै सरकारले सुकुम्बासीलाई यहाँ स्थानन्तरण गर्न चसो राखेनन् । बरु उनीहरुका लागि बनाएका संरचना सरकार आफैले कब्जा गर्न खोजेको देखिन्छ । सुकुम्बासी राख्दा स्थानीयको बिरोध हुन्छ भन्दै नागार्जुनका वडा अध्यक्षले नै भवनमा सुकुम्बासी राख्न नसकिने घुमाउरो तर्क गर्नुहुन्छ।

यता सुकुम्बासीहरु भने उक्त भवन आफुहरुका लागि साँघुरो भएकाले नजाने तर्क गर्छन् । अध्यक्ष उत्पीडित सुकुम्बासी समिति थापाथली राज्यले व्यवस्थापन गरिदिएन भनेर गुनासो गर्नेहरुले सरकारले देखाएको बाटोमा हिँड्न नचाहने अनि सरकार पनि बास्तविक सुकुम्बासी को हो भनेर निक्र्याैल गर्न नसक्दा यो समस्या झनै गिजोलिएको छ। सरकार र सुकुम्बासी एकअर्काप्रति सकारात्मक नहुने हो भने समस्याको समाधान कहिल्यै हुनेछैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);