कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै स्थानियको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै स्थानियको विरोध

काठमाडौं, २ माघ । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै स्थानियले विरोध जनाएका छन् । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै शुक्रबार स्थानियले विरोध जनाएका हुन् ।

कमलपोखरीको पुनर्निमाणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निमाण गरिएको कारण विरोधमा उत्रिनु परेको स्थानियले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाई छ ।

ठेकेदार कम्पनिले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाई भइरहेको वडा सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानियले विरोध गरिरहेको उहाँको भनाई छ ।

काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पुनर्निमाण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निमाण गर्ने महानगरपालिकाले बताउँदै आएपछि स्थानियले भने पुरानो ऐतिहासिकता मासेर कमलपोखरीको पुनर्निमाण गरिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);