कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबारले विभिन्न अस्पतालहरुलाई पत्र पठाएर खोप लगाएकाहरुको प्रमाणीकरण निशुल्क गर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगारी एवम् अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको जनगुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो ।

साउन ७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णय अनुुसार खोप लगाएको प्रमाणीकरण निशुल्क गर्ने निर्देशन दिइएको पनि सूचनामा उल्लेख गरिएको थियो ।

Leave a Reply

ताजा समाचार