काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७ सय ८३ पीसीआर परीक्षणबाट २ हजार ४ सय ६७ संक्रमित र ४ हजार ८ सय ८७ एन्टिजेन परीक्षणबाट एक हजार १ सय ४४ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी १ हजार ८ सय १६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २७ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ८ सय ३४ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।




