चितवनको रत्ननगर अस्पताललाई बागमती प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवनको रत्ननगर अस्पताललाई बागमती प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट

चितवन । चितवनको बकुलहर रत्ननगर अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट प्राप्त भएको छ ।

कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले अस्पताललाई अत्याधुनिक प्रविधिसहितको अक्सिजन प्लान्ट प्रदान गरेको हो ।

बाहिरी वातावरणबाट तानेर अक्सिजन संकलन गर्न सक्ने क्षमता सहितको सो अक्सिजन प्लान्ट प्रदेश सरकारका प्रतिनिधिहरुले अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई प्रदान गरेका हुन् ।

अस्पतालमा प्राप्त अक्सिजन प्लान्टले दैनिक ५० सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको प्रदेश सरकार अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले बताए । उनका अनुसार प्लान्टमा भएको अक्सिजनलाई पाइपमार्फत बिरामी भएको बेडसम्म लैजान सकिनेछ । प्लान्टमा संकलन भएको अक्सिजनलाई सिलिन्डरमा भर्न प्रदेश सरकारले बजेट प्रदान गर्ने अधिकारीले बताए ।

यस अघि कोरोनाको पहिलो लहरमा रत्ननगर नगरपालिका र अस्पताल प्रशासनले अक्सिजन प्लान्ट र पीसीआर मेसिनका लागि प्रदेश सरकारलाई लिखित आग्रह गरेका थिए ।

प्रमुख अधिकारीले टेन्डरमार्फत पीसीआर मेसिन पनि खरिद भइसकेको जानकारी गराउँदै एक साता भित्र अस्पातलमा आईपुग्ने बताए ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीता पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीको रोहवरमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्य, मेसु डा. विश्वबन्धु बगालेलाई अक्सिजन प्लान्ट जिम्मा लगाएका हुन् ।

पूर्वी चितवनको एकमात्र सरकारी रत्ननगर अस्पतालमा अहिले दैनिक सात सय बिरामीको उपचार हुँदै आएको छ । सो अस्पताललाई गत वर्षमात्रै प्रदेश सरकारले ५० शैयाको स्वीकृति दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);